×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

देश बोल्ने फोटो कथाः सरोकारवालाले ध्यान नदिँदा दर्जनौँ पाइप जीर्ण अवस्थामा, उवा बाली लगाउँदै डोल्पाका एक किसान

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले सुन्दरीजलस्थित वाग्मती नदीबाट उपत्यकामा लगिएको खानेपानीको पाइप जीर्ण भई पानी चुहिएकोदेखि डोल्पाको डोल्पोबुद्ध गाउँपालिका-१, धो तरापमा उवा बाली लगाउँदै गरेका किसानसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचारः
सुन्दरीजलस्थित वाग्मती नदीबाट उपत्यकामा लगिएको खानेपानीको पाइप जीर्ण भएकाले पानी चुहावट हुँदै । पटकपटक पानी चुहावट हुने गरेपनि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलगायत सरोकार भएका निकायको ध्यान नपुगेका कारण दर्जनौँ स्थानमा जीर्ण पाइपबाट पानी चुहावट हुने गरेको छ ।
उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका-१, धो तरापमा उवा बाली लगाउँदै कृषक । किसानले जेठ महिनामा लगाएको उवा मङसिरमा भित्र्याउछन् ।
रामपुर नगरपालिका वडा नं ७, बहखोलामा युरिया मल खरिद गर्न लाइनमा बसेका किसान । गत वर्ष धानमा मल राख्ने बेलामा समयमा नै मल नपाएपछि यसपटक भने किसानले पहिले नै मल खरिद गरेर राख्न थालेका छन् ।
कोरोना महामारीमा भारतका विभिन्न शहरबाट कैलालीसँगै जोडिएको कञ्चनपुरको गौरीफन्टा सिमानाका भएर मङ्गलबार घर फर्केका नेपालीहरु आफ्नो गन्तव्यतर्फ जाने तयारीमा ।
धनगढी उपमहानगरपालिका-२, पुरानो भन्सार गाउँका किसानले खेतमा लगाएको लौका । बर्षासँगै मंगलबार बिहान आएको हावाहुरीले तरकारी खेतीमा क्षति पुगेको कृषक बताउँछन् ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालको २६औ स्थापना दिवसका अवसरमा पोखरा महानगरपालिका-१८ सराङकोटस्थित ठोट्नेखोला समुदायिक वनमा रोप्नका लागि अलौंचिको विरुवा लैजादै वनकर्मी ।
तनहुँको व्यास नगरपालिका-१ निवासी मिगौला पीडित आशमाया तामाङको उपचारका लागि छाब्दी वाराही सहकारीको तर्फबाट १ लाख ३३ हजार चार सय हस्तान्तरण गर्दै सहकारीका अध्यक्ष ठाकुर दरै ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ५ मा वितरण गरिएको खाद्यान्न लिएर घरतर्फ जाँदै नागरिक । तुलसीपुरमा अहिले काँग्रेसले फुड बैंक सञ्चालन गरेर खाद्यान्न वितरण गर्दै आएको छ ।
नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई कोभिड बिरामीको उपचारका लागि नेपालका लागि पूर्वअमेरिकी राजदूत स्कट एच डेलिसीमार्फत इन्गेज नेपालका डा दिवेश कर्माचार्यले ६३ वटा अक्सिजन कन्सन्ट्रेटर मङ्गलबार अस्पताललाई हस्तान्तरणपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष एवम् मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ ।
सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा गरिएको पुनः स्याउखेतीमा फुलेको स्याउका फूल ।
झापाको कमल-७ का किसान चैतेधान थ्रेसरबाट झार्दै ।
चीन सरकारको सहयोगमा रसुवागढी नाकाबाट नेपाल भित्रिएका एक हजार ५०० थान अक्सिजन सिलिण्डर र पाँच लाख २७ हजार ५०० थान मास्क । स्वास्थ्य सामग्री मङ्गलबार साँझसम्म काठमाडौं पुयाउने बताइएको छ ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal