
डोटी । जिल्लामा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको सम विकास केन्द्र (इडिसी)ले यहाँको जोरायल गाउँपालिकालाई मंगलबार ५ लाख १६ हजार ५०० बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । पछिल्लो समय उक्त गाउँपालिकामा रहेका नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेका कारण स्वास्थ्य सामग्री उपलब्ध गराएको संस्थाका वित्तीय अधिकृत कृष्णसुन्दर श्रेष्ठ जानकारी दिनुभयो ।
उहाँका अनुसार बितरण गरिएका स्वास्थ्य सामग्रीमा मेडीसियन शय्या, इलेक्ट्रोनिक वाटर हिटर, पिपिइ सेट, पल्स अक्सोमिटर, ईलिक्ट्रिक वाटर हिटर, थर्मल गन, सर्जिकल मास्क, ग्लोब्स, सेनिटाईजर साबुन, ओडीलिन सर्जिकल मास्कलगायत स्वास्थ्य सामग्री रहेका छन् । कोभिड-१९ को दोस्रो लहरको महामारीले गाउँपालिकाका नागरिकलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले प्रदान गरिएको स्वास्थ्य सामग्रीले कोरोना सङ्क्रमितको उपचार तथा रोकथाममा निकै सहज हुँने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो ।
संस्थाले प्रदान गरेका स्वास्थ्य सामग्री गाउँपालिकामार्फत रहेका संस्थागत आईसोलेशन सेन्टर तथा गाउँपालिकाअन्तर्गत स्वास्थ्य संस्था स्वास्थ्य एकाई र प्राथमिकताका आधारमा अन्य वडाका स्वास्थ्यले समुदायका गरीब, दलित, विपन्न, महिलालाई प्राथमिकताको आधारमा वितरण गरिने अध्यक्ष ओझाले जानकारी दिनुभयो । विश्वव्यापी महामारीकोरूपमा रहेको कोरोना सङ्क्रमणको महामारीको समयमा प्राप्त भएका सामग्रीले गाउँपालिकामा रहेका सङ्क्रमितको उपचारमा ठूलो सहयोग पुग्ने गाउँपालिकाका स्वास्थ्य संयोजक गोविन्द विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका स्वास्थ्य सामग्री पाएका छौँ, सङ्क्रमितको उपचारका लागि हामीलाई निकै हसज हुनेछ ।’ -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्