×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

एभरेष्ट बैंक लिमिटेडको सामजिक कार्य : नागरिक केयर सेन्टर, विराटनगरलाई पाँच लाख रकम सहयोग

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नागरिक केयर सेन्टर, विराटनगरलाई एभरेष्ट बैंक लिमिटेडले पाँच लाख रुपैयाँ सहयोग गरेको छ । कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रकम सहयोग गरेको हो ।
बैंकका क्षेत्रीय प्रबन्धक पूर्ण बहादुर श्रेष्ठले दिनु भई नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार सारडा र वरिष्ठ उपाध्यक्ष महेश कुमार जाजू मार्फत उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।
चेक हस्तान्तरण कार्यक्रममा नागरिक केयर सेन्टरका सदस्य नविन रिजाल, मोरंग व्यापार संघका कार्यकारी प्रमुख कृष्ण रेग्मी, वरिष्ठ अधिकृत विनय कणर् लाभ, एभरेष्ट बैंक लि., विराटनगरका शाखा प्रबन्धक साजन के.सी र क्षेत्रीय कार्यालयका रमेश भण्डारीको उपस्थिति रहेको थियो ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal