Skip to content
LAXMI SUNRISE BANK

ठुला खेलाडीबाट ३५ करोड रुपैयाँ असुल गरेर विज्ञप्तिबाजी गरेको दाबीसहित ढुंगानाविरुद्ध अख्तियार पुगे बोर्डका कर्मचारी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले विभिन्न सूचीकृत कमपनीहरुलाई जोखिमयुक्त कम्पनी भनेर सार्वजनिक गरेकै भोलिपल्ट सो काम ठुला खेलाडीबाट बोर्डका अध्यक्षले ३५ करोड रुपैयाँ असुल गरी ठुला खेलाडीहरुले भने अनुसार नै गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बोर्डकै कर्मचारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सो उजुरी दर्ता गराएका हुन् ।
सो उजुरीमा बोर्डका अध्यक्ष ढुंगानाले केहि ठुला कम्पनीहरुबाट कहाँ कति पैसा असुल गरे र सो रकम कहाँ छ भन्नेसमेत उल्लेख गरिएको बताइएको छ । यद्यपी आफ्नो सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै र आफु पनि धितोपत्र बोर्डकै कर्मचारी भएकाले आफु एक्स्पोज नहुने भन्दै उनले सो विवरण पनि उजुरीमा उल्लेख गरेका छन् ।
उजुरीमा धितोपत्र बोर्डका अध्यक्षले विभिन्न ठुला खेलाडीबाट मासिक भत्ता असुल्ने गरेकोसमेत गम्भीर आरोप लगाइएको छ । साथै बैंकहरुलाई ब्रोकर लाइसेन्स नदिने पनि उनले ठुलो रकम घुसवापत उठाएको दाबी सो उजुरीमा गरिएको छ । उजुरीमा उनले कुन होटलमा गएर कसकसलाई भेटी डिल गरे भन्ने दाबीसमेत गरिएको छ ।
तर सत्य तथ्य के हो भन्ने कुराचाहिं अव अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसको अनुसन्धान गरेपछि मात्र थाहा हुने छ । यस विषयमा बुझ्न हामीले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई फोन गरेका थियौं । तर उनले हाम्रो फोन उठाएनन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK