×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

धितोपत्र बोर्डले सार्वजनिक गरेको ५१ कम्पनीको डिटेल नै फर्जी ! कम्पनीको इपीएस र नेटवर्थ भ्रामक ! (हेर्नुहोस् प्रमाणसहित)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । धितोपत्र बोर्डले जोखिमयुक्त भन्दै निकालेको ५१ वटा कम्पनीको लिष्टमा बोर्डले विवरण नै फर्जी हालेको प्रमाणित भएको छ । धितोपत्र बोर्डले रेराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको नेटवर्थ नै गलत प्रकाशित गरेर विवरण फर्जी भएको प्रमाण पेश गरेको हो । बोर्डले उक्त कम्पनीको नेटवर्थ २०० भएको उल्लेख गरेको छ । जवकी यसअघि नै सो कम्पनीले आफ्नो विवरण गलत भएको भनी भुलसुधार गरसकेको थियो । यसो त बोर्डले सार्वजनिक गरेको उक्त कम्पनीको इपीएस पनि गलत छ । कम्पनीले आफ्नो इपीएस ९.१७ हुनुपर्नेमा १३ भएको भन्दै भुलसुधार गरेको थियो । तर धितोपत्र बोर्डले १३ नै अर्थात गलत इपीएसको विवरण राखेको छ । यसले विवरण तयार गर्नेले कुन हदसम्म लापरवाही गरेका छन् भन्ने प्रमाणित हुन्छ ।
हेर्नुहोस् कम्पनीको सूचना
हेर्नुहोस् धितोपत्र बोर्डले कम्पनीले गलत भनेर भुलसुधार गरिसकेको विवरण हालेर जनता झुक्याउने काम गरेको प्रमाण :
यसो त बोर्डले सो विवरणमा गरेको गल्ती यो पहिलो भने होइन ।
तर सो लिष्ट निकाल्दा बोर्डले हदैसम्मको लापरवाही गरेकोसमेत देखिएको छ । ६ महिनादेखि कारोबार नै नभएको कम्पनी घोडीघोडा लघुवित्त वित्तीय संस्थामा समेत चलखेल भएको आशय देखाएर बोर्डले जग हँसाउने काम गरेको छ । सो कम्पनीको २०२० नोभेम्बर ५ देखि नेप्सेमा कारोबार नै भएको छैन । अझ इपीएस एउटा समयको लिने र मूल्य अर्को समयको राखेर बोर्डले लगानीकर्ताको आँखामा छारो हाल्ने दुष्प्रयास गरेको छ ।
‘कारोबार नै नभएको कम्पनीको सेयर मूल्यमा कसरी चलखेल भयो ?’ अर्थ सरोकारको प्रश्नमा धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी भन्छन्, ‘ यो अध्ययन हुने गर्ने टिमलाई म यो कुरा पुर्याउछु। कम्पनीमा चलखेल भएको छ भनेर कतै पनि भनिएको छैन । हामीले भाषा मिलाउन नजान्दा धेरैतिर भ्रम पर्यो ।
यता लगानीकर्ताहरुले भने यो लिष्ट बनाउनेले लिष्ट बनाउने बेलामा मापसे गरेको शंका गरेका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: