
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको १० महिनामा संघीय सरकारको खर्च ८.५ प्रतिशतले बढेको जनाएको छ । आइतबार संघीय सरकारको १० महिनाको खर्च तथा आम्दानीको तथ्याङ्क अर्थ बुलेटिन सार्वजनिक गर्दै मन्त्रालयले साउनदेखि वैशाखसम्म मा संघीय सरकारको खर्च ८.५ प्रतिशतले बढेको जनाएको हो ।
मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको १० महिनामा सरकारको खर्च गत वर्षभन्दा ८.५ प्रतिशतले बढेर ८ खर्ब २४ अर्ब ८१ करोड पुगेको छ । गत वर्ष सोही अवधिमा भने जम्मा ७ खर्ब ६० अर्ब ४८ करोड बराबरको मात्र खर्च भएको थियो । यस्तो खर्च चालूतर्फ ६ खर्ब ३० अर्ब २० करोड र पुँजीगततर्फ एक खर्ब २५ अर्ब ८८ करोड भएको मन्त्रालयको भनाई छ ।
यता वित्तीय व्यवस्थापन तर्फ सरकारले सोही समयमा कुल ६८ अर्ब ७२ करोड खर्च गरेको जनाएको छ । मन्त्रालयकाअनुसार समीक्षा अवधिमा संघीय सरकारको खर्च चालू तर्फ र पुँजीगत तर्फ क्रमशः १०.२ प्रतिशत र १०.२ प्रतिशतले बढेको छ भने वित्तीय व्यवस्थापनतर्फ ७.४ प्रतिशतले घटेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्