
- अर्थ सरोकार सम्बाददाता
 
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको आज आइतबारदेखि संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला भएको छ । कम्पनीले  संस्थापक समूहको १ लाख कित्ता  सेयर  प्रतिकित्ता न्यूनतम मूल्य ३४५ रुपैयाँमा आजदेखि बिक्री खुला भएको हो ।  
कम्पनीको सो सेयरमा विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् भने साउन १७ गतेभित्र बिक्री प्रबन्धक बीओके क्यापीटल मार्केट नारायणचौर काठमाडौं पुग्नेगरी आवेदन दिनुपर्नेछ । यस्तै लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
				
			




						







