
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले काठमाडौंको बौद्ध क्षेत्रमा निषेधाज्ञाको अवज्ञा गर्दै बाहिर निस्कीएका सर्वसाधारणलाई नियन्त्रणमा लिँदै गरेका प्रहरीदेखि कोभिड–१९ सङ्क्रमण रोकथामका लागि निषेधाज्ञा गरेपछि तरकारी बेच्न छाडी ठेलामा तरबुज बिक्री गर्दै सप्तरीको राजविराज नगरपालिका–६ सिरहा रोडका ३९ वर्षीय अरबिन्द दाससम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचारः
काठमाडौंको बौद्ध क्षेत्रमा निषेधाज्ञाको अवज्ञा गर्दै बाहिर निस्कीएका सर्वसाधारणलाई नियन्त्रणमा लिँदै प्रहरी ।

कोभिड–१९ सङ्क्रमण रोकथामका लागि निषेधज्ञा गरेपछि तरकारी बेच्न छाडी ठेलामा तरबुज बिक्री गर्दै सप्तरीको राजविराज नगरपालिका–६ सिरहा रोडका ३९ वर्षीय अरबिन्द दास ।

काठमाडौँको वौद्ध स्तुपाको मुख्य प्रवेशद्वारको कम्पाउण्डमा ढुङ्गा छाप्नका लागि सिमेन्ट अनलोड गर्दै कामदार ।

म्याग्दीको बेनी बजारमा दैनिक मजदूर गरी जीविकोपार्जन गर्ने मजदूरीलाई खाद्यान्न सहयोग गर्दै मिग फाउण्डेशनका पदाधिकारी । जारी निषेधाज्ञाका कारण रोजगारी गुमाएका ३२ जना विपन्न मजदूरलाई नेपाल मगर सङ्घ म्याग्दीको अनुरोधमा फाउण्डेशनले खाद्यान्न सहयोग गरेको हो ।

कीर्तिपुरको भत्केपार्टीमा पैयुँको रूखमा बनाएको कलात्मक तोप चराको गुँड । तोप चरा भँगेरा वर्गका मा पर्दछ भने यसलाई इन्जिनियिरङ चरा पनि भनिन्छ । तोप चरा प्रेम र सिपको लागि प्रसिद्ध छ ।

काठमाडौँको तीनकुनेमा सडकमा जेब्रा क्रसिङको सङ्केत मार्किङ गर्दै ।

पोखरा १८ सराङकोटस्थित ठोटनेखोला सामुदायिक वनभित्र अलैँचीका बिरुवा रोप्ने तयारी गर्दै कृषि वन उद्यमशील समूहका सदस्यहरू ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्