
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल तेस्रो वर्ष पुरा गरी चौथौ वर्षमा प्रवेश गरेको छ । कम्पनीले सो अवसरमा कम्पनीले विभिन्न सामाजिक कार्य गरेको छ । कम्पनीले वृद्धाश्रममा खाना खुवाउने र केन्द्रिय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
यस अवधिमा कम्पनीले ३९ वटा शाखा कार्यालय तथा एउटा केन्द्रिय कार्यलायमार्फत निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ । कम्पनीले गत असोजमा सर्वसाधारणका लागि ३० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गरेर चुक्ता पूँजी एक अर्ब रुपैयाँ जुटाउन सफल भएको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा कम्पनीले १६ करोड ३६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । आगामी वर्षमा निर्जीवन बीमा व्यवसाय थप विस्तार गर्दै जाने कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्