
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल समृद्ध अवकास मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकले निवृत्तिभरण प्राप्त गर्ने अवकास प्राप्त कर्मचारीलाई लक्षित गरी ग्लोबल समृद्ध अवकास मुद्दती खाता सञ्चालनमा ल्याएको हो । यस खाता अन्तर्गत बैंकले आफ्ना ग्राहकलाई निक्षेपमा उच्च प्रतिफल, कर्जामा विशेष सहुलियत र व्यक्ति विशेष सेवा उपलब्ध गराउने भएको छ । ग्राहकहरुले १ वर्षदेखि ५ वर्षसम्मको भाका राखी आफ्नो इच्छा अनुसार पेन्सन रकमको २५ देखि ५० प्रतिशतसम्म नियमित खातामा रकम जम्मा गर्न सक्नेछन् । साथै पाकेको ब्याज लगायत थप रकमसमेत (म्याद पुग्न ३ महिना अगाडिसम्म) जम्मा गर्न सकिनेछ ।
यसरी थप गर्दै जाने रकममा समेत सुरूमा तोकेकै मुद्दती निक्षेपको व्याज प्राप्त हुनेछ । ग्राहकलाई कुनै पनि कारण रकम आवश्यक परेमा तत्काल मोबाइल बैंकिङमार्फत नै निक्षेप रकमको ९० प्रतिशतसम्म सापटी लिन सकिने तथा सापटीबाट अपुग भएमा १ वर्षसम्म जम्मा गर्न मन्जुर गरेको रकम (अधिकतम २ लाखसम्म) सुलभ व्याजदरमा कर्जा लिन सकिनेछ । साथै निक्षेपकर्ता अशक्त भएमा इच्छाइएको व्यक्तिको अनुरोध बमोजिमसमेत खाता सञ्चालन गर्नसक्ने र निक्षेपकर्ताको असामयिक निधन भएमा इच्छाइएको व्यक्तिलाई निक्षेपको म्याद बाँकी रहेको भएतापनि तत्काल बाँकी रहेको साँवा र व्याज रकम भुक्तानी दिइनेछ ।
यसका साथै बैंकले यस योजनामा आवद्ध हुने ग्राहकलाई निःशुल्क मोबाइल बैंकिङ, क्रेडिट कार्ड, डेबिट कार्ड र १ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा सुबिधाहरु उपलब्ध गराउने भएको छ । यो खाताले निवृत्तीभरण पाइरहेका व्यक्तिलाई पनि आफ्नो पेन्सन रकममध्ये भविष्यमा आइपर्ने गर्जो टार्न अनिवार्य रुपमा बचत गर्दै जाने बानी बसाल्न प्रेरित गर्ने तथा स्वास्थोपचार लगायत अत्यावश्यक खर्च धान्न तत्काल सापटी, कर्जा सुविधाको व्यवस्था समेत गरेकोले सबैमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्