
काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.-४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वनमा युनेस्को ग्राम निर्माण हुने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटको बुँदा नं. २३५ मा राष्ट्रिय शहीद स्मारक निर्माण भइरहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा ग्राम निर्माण हुने गरी रकम व्यवस्थापन गरेको उल्लेख छ । ग्राम अन्तर्गत २१ करोडको लागतमा शहीद तथा युनेस्को सङ्ग्रहालय निर्माण गरिने छ ।
सङ्ग्रहालयमा नेपालका सबै जातिको पहिचान झल्कने चीजबीज सङ्ग्रह गरिने राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामती (स्मारक) यज्ञडोल सामुदायिक वन पर्या पर्यटन प्रवर्द्वन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिनुभयो । ग्राम अन्तर्गत जडिबुटी उद्यान निर्माण गरिने छ । विभिन्न किसिमका जडिबुटी नर्सरी राखी सामुदायिक वनमा व्यावसायिक रुपमा काम अघि बढाइने योजना छ । यसैगरी युनेस्को अध्ययन केन्द्रसमेत निर्माण हुनेछ । युनेस्कोको क्याटेगोरी दुई अनुसार निर्माण हुने केन्द्रमा अरु देशले पनि लगानी गर्नेछन् ।
केन्द्रमा योग, ध्यान र पूर्वीय दर्शनका विभिन्न विधामा अध्ययन अनुसन्धान र अभ्यासका काम गरिने जनाइएको छ । युनेस्कोका अरु सदस्य राष्ट्रलेसमेत लगानी र सहकार्य गर्ने गरी केन्द्रको अवधारणा अघि बढाइएको हो । युनेस्को ग्राम निर्माणको लागत ६२ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत ग्राम निर्माणको सोच अघि बढेर बजेट व्यवस्थापन भएपछि मन्त्री कृष्णगोपाल श्रेष्ठले पनि निर्माणस्थलको अवलोकन गरी काम अघि बढ्ने बताउनुभएको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्