
- अर्थ सरोकार सम्बाददाता
महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा गएराति डाकाहरुको एक समूहले सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती गरेको छ । सम्सी–१ स्थित सम्सी–गौशाला सडक खण्डको दुई सय मिटर उत्तर पश्चिमपट्टि आफ्नै घरमा राजीव ज्वेलर्स सुनचाँदी पसल सञ्चालन गरेका वीरेन्द्र साहको घरमा गए राति एक समूहले गोली र रड प्रहार गर्दै घरका सबै सदस्यलाई घाइते बनाएर लाखौँको लुटपाट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले राति २ बजेको समयमा नौ/दश जनाको समूहले नलकटुवा पेस्तोलले घरमूली ५० वर्षीय वीरेन्द्र साहको ढाडमा गोली हानेर लुटपाट गरेर भागेको बताए । साथै उनकी श्रीमती ४५ वर्षीया सुशीला देवी, छोरा २५ वर्षीय शम्भु, छोरी २० वर्षीया कञ्चनकुमारी र अर्का छोरा १७ वर्षीय राजीवलाई अनुहार र टाउकोमा रड प्रहार गरी गम्भीर घाइते भएका छन् ।
घाइतेहरुलाई गए राति नै जनकपुरस्थित गोदावरी अस्पतालमा लगेर उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भीर रहेको जनाइएको छ। उक्त समूहले वीरेन्द्रले सञ्चालन गरेको पसलबाट नगद रु दुई लाख, पाँच तोला सुन र १७२ तोला चाँदी गरी जम्मा नौ लाख ९७ हजार लुटपाट गरी लगेको प्रहरीले जनाएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्