
- अर्थ सरोकार सम्बाददता
काठमाडौँ । बुधबार गाेर्खाज फाइनान्सको सेयर मूल्य १३२६ रूपैयाँ पुगेकाे छ । यस कम्पनीको मूल्यले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा उच्च मूल्य भएकाे नबिल बैंकलाईसमेत पछाडी परेको छ । नबिल बैंककाे सेयर मूल्य १३१५ रूपैयाँ छ । पछिल्लो समय धितोपत्र बजारमा ब्यापक कर्नरिङ्ग गरेर कम्पनीको सेयर मूल्य बढाइएकाे छ ।
जसमा सो फाइनान्सको मूल्य पनि कर्नरिङ्ग गरेर बढाइएको छ । गत पुसमा मात्रै यस कम्पनीको सेयर मूल्य १९५ रूपैयाँ थियाे । फाइनान्सकाे सेयर मूल्यमा चलखेल गर्ने प्रयास माघदेखि सुरू भएकाे हाे । जसबेला बजारमा कम्पनीले बम्पर लाभांश वितरण दिने, हकप्रद सेयर जारी गर्ने र अन्य कुनै राम्रो कम्पनीहरुमा मर्ज हुने भनेर हल्ला चलाएर मूल्य उचालिएको थियो । अहिले बजारमा फाइनान्स समुहका सबै कम्पनीकाे सेयर मूल्य उचालिएकाे छ ।
यता सेयर बजार विश्लेषक नवराज घिमिरेले नेपाली सेयर बजारमा आठौँ आश्चार्य देखिएको बताएका छन् । उनि लेख्छन् ‘दुनियाका सातौं आश्चार्य त सुनेको थिँए । तर नेपाली सेयर बजारमा आठौँ आश्चार्य देखियो । “NABIL Vs GUFL ……..!!!! आठौं आश्चार्य” दुबैको सेयर मूल्यमा समानता । समयमै यस्ता कमजोर कम्पनीलाई मनलाग्दी राईट ईश्यू गर्न धितोपत्र बोर्डले रोक्न जरुरी छ । अन्यथा निहत्था लगानीकर्ता सहिद हुनेछन् । मानौ गोर्खा फाईनान्सले १००० हजार प्रतिशत राईट दियो रे ! फेरी भउ आईपुग्ने त रु.१०५/- तिरै त हो । मलाई २०७५ साल अन्तिम तिरको हेटौडाको सोमनाथ मुल्मी भाईको याद आईरहेको छ । बिचरा स-परिवार नारायणीमा बेपत्ता भएका थिए । पुनश्च :- यो त एउटा उदाहरण पात्र मात्रै हो । १ बर्ष कुरौँ लर्हैलहैमा लागी वित्तिय सुचांक कमजोर भएका कम्पनीमा लगानी गर्ने साथीभाईको हालत यस भन्दा भिन्न हुने छैन ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्