×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

गाेर्खाज फाइनान्सले सेयर मूल्यमा नबिल बैंकलाई उछिन्याे, विश्लेषक भन्छन् ‘नेपाली सेयर बजारमा आठौँ आश्चर्य देखियो’

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददता
काठमाडौँ । बुधबार गाेर्खाज फाइनान्सको सेयर मूल्य १३२६ रूपैयाँ पुगेकाे छ । यस कम्पनीको मूल्यले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा उच्च मूल्य भएकाे नबिल बैंकलाईसमेत पछाडी परेको छ । नबिल बैंककाे सेयर मूल्य १३१५ रूपैयाँ छ । पछिल्लो समय धितोपत्र बजारमा ब्यापक कर्नरिङ्ग गरेर कम्पनीको सेयर मूल्य बढाइएकाे छ । 
जसमा सो फाइनान्सको मूल्य पनि कर्नरिङ्ग गरेर बढाइएको छ  । गत पुसमा मात्रै यस कम्पनीको सेयर मूल्य १९५ रूपैयाँ थियाे । फाइनान्सकाे सेयर मूल्यमा चलखेल गर्ने प्रयास माघदेखि सुरू भएकाे हाे । जसबेला बजारमा कम्पनीले बम्पर लाभांश वितरण दिने, हकप्रद सेयर जारी गर्ने र अन्य कुनै राम्रो कम्पनीहरुमा मर्ज हुने भनेर हल्ला चलाएर मूल्य उचालिएको थियो । अहिले बजारमा फाइनान्स समुहका सबै कम्पनीकाे सेयर मूल्य उचालिएकाे छ । 
यता सेयर बजार विश्लेषक नवराज घिमिरेले नेपाली सेयर बजारमा आठौँ आश्चार्य देखिएको बताएका छन् ।  उनि लेख्छन् ‘दुनियाका सातौं आश्चार्य त सुनेको थिँए । तर नेपाली सेयर बजारमा आठौँ आश्चार्य देखियो । “NABIL Vs GUFL ……..!!!! आठौं आश्चार्य” दुबैको सेयर मूल्यमा समानता । समयमै यस्ता कमजोर कम्पनीलाई मनलाग्दी राईट ईश्यू गर्न धितोपत्र बोर्डले रोक्न जरुरी छ । अन्यथा निहत्था लगानीकर्ता सहिद हुनेछन् । मानौ गोर्खा फाईनान्सले १००० हजार प्रतिशत राईट दियो रे ! फेरी भउ आईपुग्ने त रु.१०५/- तिरै त हो । मलाई २०७५ साल अन्तिम तिरको हेटौडाको सोमनाथ मुल्मी भाईको याद आईरहेको छ । बिचरा स-परिवार नारायणीमा बेपत्ता भएका थिए । पुनश्च :- यो त एउटा उदाहरण पात्र मात्रै हो । १ बर्ष कुरौँ लर्हैलहैमा लागी वित्तिय सुचांक कमजोर भएका कम्पनीमा लगानी गर्ने साथीभाईको हालत यस भन्दा भिन्न हुने छैन ।’
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal