×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स २०औं वर्षमा प्रवेश, गर्यो विभिन्न संस्थालाई सहयोग

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स १९ वर्ष पुरा गरेर २०औं वर्षमा प्रवेश गरेको छ । संस्थाले निक्षेप संकलन ६ अर्ब २१ करोड तथा कर्जा ४ अर्ब ६० करोड प्रवाह गरी २०७७ चैत मसान्तसम्म निस्कृय कर्जा ०.२५ प्रतिशत रहेको छ । यस संस्थाको चुक्ता पुँजी ८६ करोड ४० लाख तथा जगेडा कोषमा ४७ करोड ८७ लाख रहेको छ ।
१९औं वार्षिकोत्सवको अवसरमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत छत्रपाटी, काठमाडौंमा अवस्थित श्री लाई अक्सिजन प्लान्ट स्थापनाको लागि आर्थिक सहयोग गरेको छ । साथै संस्थाले विगत ३ वर्षदेखि खाद्यन्न दिँदै आएको श्री अपाङ्ग सेवा संघलाई थप एक वर्षका लागि निरन्तरता दिने जनाएको छ । संस्थाले प्रधान कार्यलयसहित २१ वटा शाखा कार्यालय र २ वटा एक्सटेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal