
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभा सोमबार ३१ गतेका दिन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको अध्यक्षतामा काठमाडौंको लैनचौरस्थित कम्पनीको रजिस्टर्ड तथा कर्पोरेट कार्यलयमा भिडियो कन्फरेन्सका माध्यमबाट सम्पन्न भएको हो ।
सो सभामार्फत कम्पनीले सामान्य प्रस्तावतर्फ आर्थिक वर्ष २०७५/०७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचि तथा NFRS प्रणाली लागु गरी तयार गरीएको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने कार्य गरेको छ । यस्तै विशेष प्रस्ताव तर्फ कम्पनीले धितोपत्र दर्ता गरी सेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने, सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने लगायतका अन्य कार्य गरेको छ ।
सभामा बोल्दै सभाका अध्यक्ष डा.अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धी साक्षरताको अभाव रहेको भएता पनि कम्पनीले सो बिषयलाई अवसरको रुपमा लिई बीमा सम्बन्धी जानकारी, जनचेतना र बीमाको पँहुच न्यून भन्दा न्यून आयस्रोत भएका समूहमा समेत पुर्याउन कटिबद्ध रहेको प्रतिबद्धता जाहेर गरे ।
कम्पनीको उन्नती र प्रगतिमा निरन्तर अमूल्य सुझाब र सहयोग गर्ने सेयरधनीहरु, कम्पनी प्रति बिश्वास र भरोसा गर्ने बीमितहरु, कम्पनीको सफलताका लागि सहयोग तथा मार्ग निर्देशन दिने नेपाल सरकार, बीमा समिति, कम्पनी रजिष्टारको कार्यालय, धितोपत्र बोर्ड लगायत सम्पूर्ण नियमनकारी निकायहरु, पुनर्बीमा कम्पनी, कम्पनीको व्यवस्थापन समुह, कर्मचारीहरु,अभिकर्ताहरु, पत्रकारहरु, बैंक तथा वित्तीय संस्थाहरु एवं अन्य शुभेच्छुकहरु सबैप्रति हार्दिक कृतज्ञता ज्ञापन गरे ।
उक्त सभा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डलाई पालन गरी भिडियो कन्फरेन्स मार्फत गरिएको थियो । सभामा सञ्चालक समिति तथा व्यवस्थापन समितिका सदस्य तथा विभागिय प्रमुखहरु प्रत्यक्ष उपस्थित रहेको थिए भने सेयधनीहरुले भिडियो कन्फरेन्स मार्फत उपस्थिति जनाएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्