- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अभिकर्तालाई कर्जा भुक्तानीमा समय थप गरिने भएको छ । बीमा समितिले सम्पूर्ण जीवन बीमा कम्पनीहरुलाई एक सर्कुलर जारी गर्दे कर्जा भुक्तानी गर्ने समय थप गर्ने सम्बन्धमा योजना पेश गर्न निर्देशन दिएको हो ।
समितिले गत बैशाख २ गते असार मसान्तभित्र सबै कर्जा भुक्तानी गर्न निर्देशन दिएको थियो । तर बीमा कम्पनीहरुसंगको छलफलमा असार मसान्तभित्र सबै कर्जाहरु फछर्यौट गर्न नसकिने निष्कर्ष निकालेको छ । जसअनुसार अब अभिकर्ताहरुले असार मसान्त भित्रै कर्जा भुक्तानी गर्नुपर्ने बाध्यत्मक अवस्था हटेको छ ।