×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डको विज्ञप्तिपछि तात्यो इप्पान पनि, विज्ञप्ति निकाल्दै भन्यो ‘कतै बोर्डबाटै त चलखेल भएको छैन ?’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

धितोपत्र बोर्डको विज्ञप्तिपछि तात्यो इप्पान पनि, विज्ञप्ति निकाल्दै भन्यो ‘कतै बोर्डबाटै त चलखेल भएको छैन ?’

Artha Sarokar

४ असार २०७८, शुक्रबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । धितोपत्र बोर्डले सार्वजनिक गरेको विज्ञप्तिप्रति स्वतन्त्र उर्जा उत्पादहरुको संस्था, नेपाल (इप्पान) ले आपत्ति जनाएको छ । इप्पानले एक विज्ञप्ति जति गर्दै बोर्डले आषाढ १ गते सार्वजनिक गरेको ५१ कम्पनीमा भएको लगानी अवधारणाप्रति आपत्ति जनाउंदै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।  
यस्तो छ इप्पानले जारी गरेको विज्ञप्ति :
नेपाल धितोपत्र बोर्डले आषाढ १ गते सार्वजनिक गरेको ५१ कम्पनीमा भएको लगानी अवधारणाप्रति स्वतन्त्र उर्जा उत्पादहरुको संस्था, नेपाल (इप्पान) को गम्भीर ध्यानाकर्षण भएको छ । धितोपत्र बजारमा अहिलेसम्म ४० वटा जलविद्युत कम्पनीहरु सुचिकृत भएका छन् भने पछिल्लो समयमा धितोपत्र बजारमा सुचिकृत हुन चाहने कम्पनीको संख्या बढ्दै गएको छ । तर धितोपत्र बोर्ड आफैले शेयर निश्काशनको अनुमती दिएर सूचिकृत भएका जलविद्युत कम्पनीको प्रकृतिलाई ख्यालै नगरीकन मूल्य आम्दानी अनुपात, प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थलाई मात्र आधार बनाएर दोश्रो बजारमा कारोबार भैरहेको २१ जलविद्युत् कम्पनीमा गरिएको लागानीलाई धितोपत्र बोर्डले जोखिमयुक्त लगानी भनेकोमा इप्पान दुःख व्यक्त गर्दछ ।

जलविद्युत कम्पनीहरु सामान्यतया संचालनमा आउन सामान्यतया ४ देखि ५ वर्ष लाग्ने गरेको सर्वविधितै छ । जलविद्युत् कम्पनीहरुले २० देखि ३० प्रतिशत स्वपुँजी लगानी र ७० देखि ८० प्रतिशत ऋण लगानी गरेर जलविद्युत आयोजना निर्माण गर्ने गरेका छन् । अहिले प्राथमिक शेयर निष्काशन गरेर दोश्रो बजारमा कारोबार भैरहेका धेरै जलविद्युत् कम्पनीहरुको भर्खरै निर्माण सम्पन्न भएका, निर्माण सम्पन्नभई सरकारले समयमा प्रसारण लाइन निर्माण नगरेकाले उत्पादित विद्युत खेर गईरहेका र अझैसम्म निर्माणाधिन रहेका छन् । 

वर्तमान अवस्थामा इप्पान कार्यसमितिको अथक प्रयासका कारण नेपाल विद्युत प्राधिकरणले १० मेगावाट भन्दा कम क्षमताका जलविद्युत आयोजनाहरुलाई लगाउँदै आएको Availability
Declaration Penalty
(AD Penalty)  हटाउन सफल हुनु, ऊर्जा आयोजनाहरुलाई बैंक तथा वित्तिय संस्थाहरुले १४% सम्म ब्याज लिंदै आएकोमा सो व्याजदर ७% मा झार्न सफल हुनु, रुग्ण जलविद्युत आयोजनाहरुलाई सवल रुपमा संचालनका लागि नेपाल राष्ट्र बैंक मार्पmत पुनरकर्जा (Refinancing) को व्यवस्था गर्नु, जलविद्युत आयोजनाहरुलाई आवश्यक पर्ने सामग्रीहरुमा भ्याट छुटको व्यवस्था हुनु जस्ता सकारात्मक कदमहरुका कारण जलविद्युत कम्पनीहरुको प्रतिशेयर मूल्य आम्दानी, प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ कम हुनु स्वभाविक भएता पनि शेयर मूल्यमा सकारात्मक प्रभाव परेको प्रष्ट पार्न चाहन्छौं । किनकि जलविद्युत् आयोजना निर्माण सम्पन्न गरेपछि मात्रै आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रि«य प्रसारण प्रणालीमा जोडेर विद्युत बेच्न शुरुभएपछि कम्पनीको आम्दानी विस्तारै बढेर प्रतिशेयर मूल्य आम्दानी, प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ वृद्धिहुने अवगत गराउन चाहन्छौं ।

तर धितोपत्र बोर्डले जलविद्युत् कम्पनीको यो प्रकृतिलाई ख्यालै नगरी बैक तथा वित्तिय संस्था वा अन्य व्यपारिक कम्पनीको जस्तै स्थापना हुनासाथ व्यापार शुरु गरेर तत्कालै नाफा कमाउने ठानेर अहिले गरेको मूल्याड्ढन अन्यायपूर्ण छ । धितोपत्र बजार आफैमा संवेदनशिल क्षेत्र हो । स्वतन्त्र बाजरमा मूल्य माग र आपूर्तीका आधारमा तय हुने भएपनि धितोपत्र बजारमा सानो सूचनाको भरमा, नियामक निकाय, राजनीतिक तथा आर्थिक क्षेत्रका व्यक्तीहरुको वोली र व्यवहारले समेत असर गर्दछ । त्यसैले दोश्रो बजारमा हुने शेयर कारोबारमा कम्पनी आफैले आफ्नो कम्पनीको शेयर खरिद विक्री गरेजस्तै गरेर धितोपत्र बोर्डले कम्पनीहरुको नामावली प्रकाशन गरेर मिडियावाजी गर्नु शोभनीय देखिएन ।

यदि कसैले शेयर कारोबारमा गलत गरेको आशंका भएमा नियामक निकाय धितोपत्र बोर्डले गोप्य रुपमा छानविन गरेर गलत गर्ने व्यक्ती वा संस्थालाई कारवाही गर्नुपर्ने हो । यदि जलविद्युत क्षेत्रमा गलत भएको भएमा स्वतन्त्र उर्जा उत्पादहरुको संस्था, नेपाल हरदम बोर्डलाई सहयोग गर्न तयार छ । इप्पानको वर्तमान नेतृत्व जलविद्युत क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन प्रतिवद्ध रहेको छ । तर यहाँ धितोपत्र बोर्ड आफैले कम्पनीको शेयर मुल्यमा चलखेल भएको भनेर कम्पनीको नाम निकालेर मिडियावजी गर्नु आफैमा लज्जास्पद छ । यसले धितोपत्र बोर्डले प्रदर्शन गरेको यस्तो अपरिपक्क व्यवहारले नीतिगत रुपमा नियन्त्रणको लागि स्थापना भएको धितोपत्र बोर्डको असक्षमता मात्र प्रदर्शन गरेको छैन । कतै बोर्ड भित्रकै व्यक्तीहरुबाट बजारमा चलखेल भैरहेको त छैन भन्ने गम्भिर आशंका पैदा भएको छ ।

नेपालमा तुनात्मक रुपमा राम्रो लाभ रहेको, खोलामा बगिरहेको पानी कच्चपदार्थको रुपमा उपयोग हुने, व्यापार घाटा सन्तुलनको लागि भूुमिका खेलिरहेको, निर्यात योग्य, लाखौ रोजगारी श्रृजना गर्ने, ग्रामीण क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिने जलविद्युत कम्पनीको लगानीमा जनताको विश्वास पैदा गरेर जलविद्युत् विकासमार्फत आर्थिक संमृद्धि र रोजगारी श्रृजना गर्ने वातावरण तयार गनुपर्नेमा जलविद्युत् कम्पनीको लगानीमा जोखिम भन्दै विज्ञप्ती निकालेर धितोपत्र बोर्डले कस्को पक्षपोषण गर्न खोजेको हो, स्पष्ट पार्न जरुरी छ । यसर्थ नेपाल सरकार, अर्थमन्त्रालयले धितोपत्र बोर्डको यो कदमको बारेमा गम्भीर अध्ययन गरेर बोर्डका कर्मचारीहरुबाट मिलेमतोमा भएको रहेछ भने दोषीलाई कारवाही गर्न समेत जोडदार माग गर्दछौं ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी