×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

३ करोड लागतमा निमार्ण हुन लागेको पासागाड खोलाको पुल ८ वर्षदेखि अलपत्र, यस्तो छ कारण

SAGARMATHA CEMENTS
जाजरकोट । छिन्चु-जाजरकोट सडकअन्तर्गत पासागाड खोलाको पुल पनि आठ वर्षदेखि अलपत्र परेको छ । सडक विभागको लापरवाहीका कारण पुल निर्माणको काम अधुरो बनेको हो । छिन्चु-जाजरकोट सडकको अधिकांश खोला र नदीमा पक्की पुल निर्माण भइसकेका छन् तर गलत डिजाइनका कारण ठेक्का सम्झौता भएको ८ वर्ष बित्दासमेत पासागाड खोलाको पुल निर्माण सुरु हुनसकेको छैन । सडक विभाग र आइएमई आरसी कन्सल्टेन्सी ललितपुरको लापरवाहीले पुल निर्माण अलपत्र परेको हो ।
कन्सल्टेन्सीले हचुवाका भरमा पुलको डिजाइन गर्दा निर्माण अलपत्र परेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख ध्रुवकुमार झाले बताउनुभयो । पुल निर्माणका लागि ८ वर्षअघि ३ करोडमा लुम्बिनी/आशिष जेभीले सडक विभागसँग सम्झौता गरेको उहाँले बताउनुभयो । ‘सुरुमा पुल निर्माणस्थलको भौगोलिक अवस्था र डिजाइनबीच तालमेल मिलेन । पुलको डिजाइन एक र निर्माणस्थलको लोकेशन अर्को हुँदा काम गर्न समस्या भएको हो’, उहाँले भन्नुभयो ।
आइएमई आरसी कन्सल्टेन्सीले ७ लाखमा पुलको डिजाइन गरेको थियो । कम्पनीले ४६ मिटर लम्बाइको पुलको डिजाइन गरे पनि पासागाडमा पुल बनाउने दूरी २५ मिटरभन्दा बढी छैन । ८ वर्षअघि डिभिजन कार्यालयका प्राविधिकले निर्माण कम्पनीलाई निर्माणस्थल देखाउने क्रममा गलत डिजाइन भएको पत्ता लागेको थियो ।
डिभिजन प्रमुख झाका अनुसार सडक विभागले उक्त डिजाइनलाई रद्द गरी नयाँ डिजाइन गरिसकेको छ । नयाँ डिजाइन स्वीकृत भए पनि पुरानो दरअनुसार निर्माण गर्न ठेकेदारले नमानेपछि पुलको काम अलपत्र परेको उहाँले बताउनुभयो । ‘पुरानो दरअनुसार लागत घट्दा निर्माण कम्पनीले काम गर्न सक्ने अवस्था छैन’, उहाँले भन्नुभयो । नयाँ डिजाइनअनुसार करिब रु तीन करोडको लगानीमा २५ मिटरको पुल बन्ने लागत उठेको छ । -रासस
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal