
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले काठमाडौँको असन चोकमा यात्रुको प्रतिक्षामा बसिरहेका रिक्सा चालकदेखि बजेट सक्न भेरी नगरपालिका–४ बाट वडा–३ जोड्नका लागि ग्यावलिङ वाल तथा बाटो निर्माण कार्य जारी रहेको सडकसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
काठमाडौँको असन चोकमा यात्रुको प्रतिक्षामा रहेका रिक्सा चालक ।
सदरमुकामस्थित भेरी नगरपालिका–४ बाट वडा–३ जोड्नका लागि ग्यावलिङ वाल तथा बाटो निर्माण कार्य जारी रहेको सडक । भौतिक पूर्वाधार कार्यालयले असारको मध्य हुँदा बजेट सक्न निर्माण कार्यलाई तिव्रता दिइएको छ ।
तनहुँको भिमाद नगरपालिका–७ राङरुङमा रुख चढ्ने साहसिक खेलमा सहभागी हुँदै नगरप्रमुख मेखबहादुर थापा । पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाको लगानीमा रुख चढ्ने साहसिक खेल सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
तनहुँको व्यास नगरपालिका–५ वेतेनीस्थित सेती नदी किनारमा तनहुँ जलविद्युत आयोजनाअन्तर्गतको क्याम्प बनाइँदै । पहिलो प्याकेजको ठेक्का पाएको निर्माण कम्पनीले क्याम्प बनाइरहेको छ ।
तनहुँको भिमाद नगरपालिका–८ स्थित भिमाद–सिम्ले–भागर हुँदै जरेवर जाने सडकमा वर्षाले झरेको पहिरो । पहिरो हटाएर दुई हप्तापछि उक्त सडक सुचारु भएको छ ।
मुड्केचुला गाउँपालिका–३ रिरिङ्ग डोल्पामा रहेको स्याउ, ओखरका विरुवा उत्पादन भइरहेको थापा फलफूल नर्सरी ।
कुशे गाउँपालिका–७ का सुवास शाहीको खुट्टामा चोट लागेर घाइते भएपछि उपचारका लागि जाजरकोट अस्पतालमा स्टेचरमा राखेर बोकेर लगिँदै । घाइते बालकका आफन्तहरुले यातायातका साधनहरु नपाउँदा स्टेचरमा बोकेर ल्याउन लागेको बताएका छन् ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले अनुदानमा वितरण गरेको फलफूलका विरुवा रोज्दै नगरवासी । नगरपालिकालाई फलफूलमा आत्मनिर्भर बनाउने उद्देश्यले उन्नत जातको आँप, लिची र कागतीका १४ हजार बिरुवा खरिद गरेर नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि समूह तथा कृषकलाई वितरण गरेको हो ।
जुजु धौ बनाउँदैं भक्तपुरका दही व्यवसायीहरु । असार १५ दही चिउरा खाने दिन दहीको उच्च माग हुने गर्दछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper

















प्रतिक्रिया दिनुहोस्