×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जीवन विकास लघुवित्तको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म कम्पनीको उक्त सेयरमा आवेदन दिन पाइने भएको हो । यसले असार ११ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यमा १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।
जसमध्ये ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि तथा ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । यता सर्वसाधारणले बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले आईपीओमा सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै मेरो सेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ। लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: