×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति लाईफ इन्स्योरेन्सले ल्यायो स्मार्ट एप्समा थप आकर्षण र सुविधा, सेवाग्राहीहरुलाई थप सहज

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

ज्योति लाईफ इन्स्योरेन्सले ल्यायो स्मार्ट एप्समा थप आकर्षण र सुविधा, सेवाग्राहीहरुलाई थप सहज

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ  । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले बीमित तथा अभिकर्ताहरु सबैको लागि उपयोगी स्मार्ट एप्समा थप आकर्षण र सुविधा ल्याएको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै कम्पनीद्वारा प्रदान गरिने सेवालाई प्रविधिमैत्रि बनाई थप प्रभावकारी तथा सहज सेवा पु¥याउने उद्देश्यले सेवा थप गरेको हो । एन्ड्रोइड तथा आइ.ओ.एस. दुबै मोबाईल प्रविधिमा उपलब्ध रहेको यो एप्समा नेपाली तथा अङ्ग्रेजी भाषामा समेत उपलब्ध छ । जसले सबै खाले प्रयोगकर्ताहरुको लागि अत्यन्तै युजर फ्रेन्ड्ली रहेको कम्पनीले जनाएको छ ।
बीमितहरुले ज्योति लाईफबाट जारी गरिएका बीमालेखहरुको विवरण तथा नविकरण सम्बन्धि सम्पूर्ण जानकारीहरु आफैले उक्त एप्समा लग ईन मार्फत प्राप्त गर्न सक्ने छन् । यसैगरी कम्पनीद्धारा जारी अन्य आवश्यक सुचनाहरुको नोटिफिकेसन अलर्ट समेत त्यहाँ पाउन सकिन्छ । यसका साथै अभिकर्ताहरुले पनि आफुले बिक्री गरेका बीमालेखहरुको विवरण, टिमको विवरण र ब्यवसाय, कर्जाको विवरण तथा कार्यतालिकाहरु समेतको जानकारी यसमा समावेश गरी, स्मार्ट एप्सलाई पहिले भन्दा अझ सरल र धेरै सुबिधाहरुका साथ सार्वजनिक गरीएको छ ।
ज्योति लाईफले सबै प्रकारका बीमा योजनाहरुको बारेमा आकर्षक भिडियो सहित आफ्ना सेवा–सुविधाहरु समेतको पर्याप्त जानकारी यसमा उपलब्ध गराएको छ । यस एप्स भित्र क्यालेण्डर तथा विश्वसनीय प्रिमियम क्याल्कुलेटरको सुविधा पनि समावेस गरिएको छ । प्रयोगकर्ताले सम्भावित प्रस्तावकलाई सिधै बीमाशुल्क गणनाको प्रोपोजल पठाउन/शेयर गर्न सक्नेछन् । जस कारण सेवाग्राहिहरुले एक प्रकारले भन्ने हो भने यसलाई “मोबाईल इन्स्योरेन्स सेवा”को रुपमा पनि लिन सक्नेछन् ।
ज्योति लाईफद्धारा सञ्चालन गर्ने अभिकर्ता तालिम तथा ज्याति केयर्स अभियानबारे जानकारी समेत प्राप्त गर्न सकिने भएकोले सबै प्रकारका सेवाग्राहीहरुले यस मोबाईल एप्सबाट लाभ लिन सक्ने विश्वास कम्पनीले लिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: