×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कामना सेवा विकास बैंकद्धारा एकैदिन २ वटा शाखा कार्यलय संचालनमा, सुदिप आचार्यले गरे समुद्घाटन

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नं. १५ स्थित स्वयम्भूमा र भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नं. ७ स्थित जगातीमा यही असार १५ गते आफ्नो १२६औ र १२७औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।
हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार, स्थानीय निकायले तोकेको मापदण्ड भित्ररहि बैंकका अध्यक्ष सुदिप आचार्यले उक्त शाखाहरुको समुद्घाटन गरेका हुन् । उक्त समुद्घाटन समारोहमा बैंकका संचालक विश्वश्वेर सुवेदी, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीहरु उपस्थित रहेको थिया भने अन्य सञ्चालकहरुको भर्चुअल उपस्थिति रहेको थियो । यसै अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारे ।
बैंकले व्यवसाय विस्तारको क्रममा समय सापेक्ष थप नवीनतम् प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने रणनीति अवलम्बन गरेको छ । यससँगै अब बैंकले १२७ शाखा, १ विस्तारीत काउन्टर तथा ६६ वटा एटिएममार्फत ग्राहकहरुलाई निरन्तर सेवा प्रदान गर्नेछ । बैंकले हालको विषम परिस्थितिमा समेत Social Media Banking, Internet Banking, Mobile Banking, SMS Banking जस्ता Digital माध्यमबाट ग्राहक महानुभावहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: