×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकको १२५औं शाखा कार्यालय ललितपुरको नख्खु दोबाटोमा, सुदिप आचार्यद्वारा उद्घाटन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कामना सेवा विकास बैंकको १२५औं शाखा कार्यालय ललितपुरको नख्खु दोबाटोमा, सुदिप आचार्यद्वारा उद्घाटन

६ असार २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले १२५औं शाखा ललितपुरको नख्खु दोबाटोमा संचालनमा ल्याएको छ । बैंकले प्रदेश नं ३ अन्तर्गत ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. १३ स्थित नख्खु दोबाटोमा असार ६ गते आईतबार उक्त शाखा कार्यालय संचालनमा ल्याएको हो । हालको विषम परिस्थितिलाई मध्यनजर गरी बैंकका अध्यक्ष सुदिप आचार्यले भिडियो कन्फरेन्स (भर्चुअल ) माध्यमद्वारा उक्त शाखाको उद्घाटन गरेका हुन् ।
उक्त उद्घाटन कार्यक्रममा सम्पूर्ण सञ्चालकहरुको भर्चुअल उपस्थिति रहेको थियो । यसै अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी कार्य योजना तथा रणनीतिका बारेमा प्रकाश पारे । बैंकले व्यवसाय विस्तारको क्रममा समय सापेक्ष थप नवीनतम् प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।
यससँंगै अब बैंकले १२५ शाखा, १ विस्तारीत काउन्टर तथा ६६ वटा एटिएममार्फत ग्राहकहरुलाई निरन्तर सेवा प्रदान गर्नेछ । बैंकले हालको विषम परिस्थितिमा समेत सोसल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ ,मोबाइल बैंकिङ एसएमएस बैंकिङ जस्ता डिजिटल माध्यमबाट ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: