Skip to content
LAXMI SUNRISE BANK

धितोपत्र बोर्डको विज्ञप्तिविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल धितोपत्र बोर्डको विज्ञप्तिविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी भएको छ । आइतबार न्यायधीश डा. कुमार चुडालको एकल इजलाशले कारण देखाउ आदेश जारी गरेको हो ।
अधिवक्ता रविन बोहजुले बोर्डविरुद्ध सर्बोच्चमा रिट दायर गरेका थिए । रिटमा बोर्डले सार्वजनिक गरेको ५१ वटा कम्पनीको सुचीसहितको विज्ञप्ति बदर गर्न माग गरिएको थियो । 
रिट निवेदन अधिवक्ता बोहजुले बोर्डले ५१ वटा कम्पनी जोखिमयुक्त भनी जारी गरेको विज्ञप्ति कानुन सम्मत नभएकोले उक्त विज्ञप्तिलाई बदर गर्न माग गरिएको थियो ।
यद्यपि यो मुद्दाको फैसला भने भएको भइसकेको छैन । अब यसपछि दुईतर्फी बहस हुनेछ । दुईतर्फी बहस भइसकेपछि मुद्दाको बल्ल छिनोफानो हुनेछ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK