
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेप्सेले कारोबार रोक्का गरेपछि खानीखोला हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म को वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म कम्पनी नाजुक अवस्थामा पुगेको छ । कम्पनीले चैत मसान्तसम्म कम्पनी ९ करोड ९० लाख घाटामा रहेको विवरण सर्वाजनिक गरेको हो । गत आवको चैतमा कम्पनीमा कम्पनी १० करोड १२ लाख घाटामा थियो ।
यस्तै कम्पनीको चुक्ता पूँजी भने ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ छ । गत वर्षको तुलनामा रिजर्भ कोष झनै ऋणात्मक बनेर ६६ करोड २० लाखमा सिमित भएको छ । यस्तै प्रतिसेयर आम्दानी २१ रुपैयाँ २७ पैसा नोक्सानमा छ । कम्पनीको ८६ करोड ४५ लाख द्धिर्घकालिन ऋण छ । २०७३ साउनमा ९ लाख ३१ हजार ४२९ कित्ता आइपीको जारी गरेको यस कम्पनीले हालसम्म लाभांश बाड्न सकेको छैन्।
यता केहि दिन पहिले लगानीकर्ता केशब कोइरालाले कम्पनीले वित्तीय विवरण सार्वजनिक नगरी लगानीकर्ताको आखाँमा छारो हाल्न भन्दै सेबोन, नेप्से र विधुत नियमन आयोगमा उजुरी दिएका थिए । सोहि अनुसार सेबोनले नेप्सेलाई कारोबार रोक्का गर्न निर्देशन दिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्