
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । खानीखोला हाइड्रोपावर कम्पनीको सेयर कारोबार आज सोमबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को जेठ ३० गतेको निर्णयअनुसार खानीखोलाको सेयर कारोबार फुकुवा गरिएको हो ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा भएको व्यवस्थाअनुसार वित्तीय विवरणहरु पेस नगरेको भन्दै नेप्सेले गत जेठ २० गतेबाट उक्त कम्पनीको सेयर कारोबार रोक्का राखेको थियो ।
कम्पनीले गत जेठ २६ गते कम्पनीको लगइनबाट नेप्सेको वेबसाइटमा लगानीकर्ता र सरोकारवाला निकायहरुले अध्ययन गर्न सक्ने गरी कम्पनीको वित्तीय विवरणहरु अपलोड गरेको नेप्सेले जनाएको छ । जसअनुसार कम्पनी कारोबार फुकुवा भएको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्