×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

किसान लघुवित्तको सामाजिक कार्य : सुनसरी अस्पताललाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण

  • अर्थ सरोकार सम्बाददाता
सुनसरी । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले सुनसरी जिल्ला अस्पताललाई विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोगस्वरूप हस्तान्तरण गरेको छ । विश्वभर फैलिएको कोरोना महामारीले चौतर्फी असर गरिरहेका बेला ‘महामारीलाई सबै मिलेर परास्त गर्नुपर्छ’ भन्ने सोचका साथ संस्थाले अस्पताललाई २ थान पीपीई सेट, १ थान अक्सिजन स्ट्राटस मेशिन, ५ लिटर सेनिटाईजर र ५ प्याकेट सर्जिकल मास्क उपलब्ध गराएको हो ।
विश्वभर फैलिएको कोरोना महामारीका कारण समस्यामा परेकाहरुका लागि मद्धत पुगोस् भन्ने उद्देश्यका साथ संस्थाले विभिन्न स्थानहरुमा सहयोगस्वरूप स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो । ‘कोरोना महामारीविरुद्ध हामी सबै एक जुट भई यस महामारीलाई परास्त गरौँ’ भन्ने अभियानका साथ संस्थाका तर्फबाट विभिन्न स्थानहरुमा सहयोगी कामहरु भईरहेका छन् । संस्थाका कार्य संचालन विभाग प्रमुख नवराज पोख्रेल सहितको टोलीले उक्त स्वास्थ्य सामाग्री हस्तानतरण गरेको हो ।
‘यतिबेला आफु पनि बाँच्ने र अरुलाई पनि बचाउनुपर्ने स्थिति छ । त्यसैले हाम्रो संस्थाले पनि सहयोगस्वरूप अस्पताललाई स्वास्थ सामाग्री वितरण गरेको हो । यस्तो विषम परिस्थितिमा अस्पताललाई सहयोग गर्न पाउँदा हामी सार्है हर्षित भएका छौं ।’ सहयोग अभियानबारे संस्थाका कार्य संचालन विभाग प्रमुख पोख्रेलले भने, ‘अझ थप सकेको सहयोग गर्ने योजनामा छौं । हाम्रो सहयोगले अस्पताललाई थोरै भएपनि राहत मिल्नेछ भन्ने अपेक्षा लिएका छौं ।’ उनले संस्थाले कोरोना महामारीका कारण समस्यामा परेकाहरुका लागि थप सहयोगको योजनासमेत संस्थाले बनाएको बताएका छन् । ‘हामीले सकेको सहयोग गर्नेछौं । यो बेला सबैलाई बचाउनुपर्ने सामाजिक दायित्व भएकाले हाम्रो संस्था पनि सकेको सहयोग गर्न प्रतिबद्ध छ ।’ उनले भने ।
कोरोना महामारीको बेला संस्थाले आफ्ना सदस्यहरुलाई बिभिन्न राहात समाग्री, माक्स, सेनिटाइजर, पञ्जा र स्वास्थ्यकर्मीलाई पिपिइसमेत वितरण गरिरहेको छ । संस्थाले अक्सिजनको व्यवस्था नभएका दुर्गमका अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर, एन्टिजन लगाएतका सामाग्रीहरुसमेत वितरण गरिरहेको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ बर्गको इजाजत प्राप्त संस्था किशान लघुवित्त वित्तीय संस्था राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: