×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

रामेछापलाई छ लाख ६९ हजार ४०० मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग

BIZBAZAR
रामेछाप । रामेछाप सम्पर्क समिति दक्षिण कोरियाद्वारा रामेछाप जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकालाई छ लाख ६९ हजार ४०० मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको छ । गत शुक्रबार, शनिबार र आइतबार गरी जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकामा अक्सिजन कन्सन्ट्रेटर वा मिनी भेन्टिलेटर मध्ये एक/एक थान, ग्लुकोमिटर एक/एक थान, मास्क १०० थान, पञ्जा १०० थान र स्यानिटाइजर प्रत्येक नगरपालिका तथा गाउँपालिकाकामा पुगी वितरण गरिएको संस्थाका पूर्वअध्यक्ष तथा सहयोग अभियानका संयोजक भीम खड्काले बताउनुभयो ।
स्वास्थ्य सामग्री खरिद गर्नुअघि प्रत्येक पालिकाका अस्पताल तथा स्वास्थ्य केन्द्रसँग समन्वय गरी आवश्यक सामग्री अनुरुप खरिद गरी सहयोग गरिएको संयोजक खड्काले बताउनुभयो । कोभिड नियन्त्रणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जिल्लाको तामाकोशी सेवा समितिद्वारा सञ्चालित तामाकोशी अस्पताललाई पनि पालिकालाई दिए बराबर स्वास्थ्य सामग्री सहयोग गरिएको छ । पछिल्लो समय जिल्लामा पनि कोरोनाको दोस्रो भेरियन्ट देखिएपछि कोरोनाका कारण अस्वस्थ हुने तथा ज्यानै गुमाउनेको सङ्ख्या बढ्न थालेको थियो ।
उक्त विपत्जन्य अवस्थालाई मध्यनजर गर्दै यहाँ रहेका जिल्लावासी तथा नेपालीसँग सहयोग सङ्कलन अभियान चलाइएको थियो । अभियानबाट छ लाख ६२ हजार २८४ उठेको थियो । त्यस्तै यही अभियानमा थपिने गरी नेपालमा ३५ हजार ५३४ सङ्कलन भएको थियो । सङ्कलित जम्मा रकम मध्येबाट ती सामग्री खरिद गरिएको हो । यस कार्यका लागि विशेषतः रामेछाप सम्पर्क समितिका तर्फबाट दक्षिण कोरियामा रहेका नेपालीमाझ एक महिनासम्म सहयोग सङ्कलन अभियान चलाइएको थियो । -रासस
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal