×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकको डिबेन्चर रजिष्ट्रारमा एनआइबीएल एस क्यापिटल नियुक्त

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कृषि विकास बैंकको डिबेन्चर रजिष्ट्रारमा एनआइबीएल एस क्यापिटल नियुक्त

१६ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कृषि विकाष बैंकले ऋणपत्रमा ‘एनआइबीएल एस क्यापिटल’ लाई डिबेन्चर रजिष्ट्रार नियुक्त गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ६ अर्ब रुपैयाँ बराबरको ६० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । डिबेन्चर नियुक्ति सम्बन्धी सम्झौतापत्रमा यी दुई संस्थाबीच असार १४ गते हस्ताक्षर भएको छ । 
कृषि विकास बैंकका प्रमुख वित्तीय अधिकृत यज्ञ प्रकाश न्यौपाने र एनआइबीएल एस क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पनि पाइसकेको छ ।
कुल इकाईमध्ये २४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ३६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बैंकले ७ वर्ष अवधिको ‘कृषि विकास बैंक डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गर्न लागेको हो भने यसमा वार्षिक ४% ब्याजदर पाइनेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: