- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले नयाँ सुविधा सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई हर्जाना ब्याजमा शतप्रतिशतसम्म छुट दिने नयाँ सुविधा सार्वजनिक गरेको हो । बैंकबाट कर्जा सुविधा लिई कारोबार गरिरहेका ग्राहकले ५० प्रतिशतदेखि शतप्रतिशतसम्म छुट पाउने भएका छन् ।
बैंकले २०७८ साल असार मसान्तभित्र कर्जाको किस्ता तथा ब्याज बुझाउने ग्राहकलाई हर्जाना ब्याजमा ५० प्रतिशतदेखि शतप्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको हो । साथै बैंकले सबै ग्राहकलाई यस छुटको उपयोग गरी लाभान्वित हुन अनुरोध समेत गरेको छ ।