
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । निलकण्ठ सव–डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत ४० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले फर्निचर उद्योगसँग घुस मागिरहेको अवस्थामा सहायक वन अधिकृत कृष्णप्रसाद पौडेललाई पक्राउ गरेको हो ।
आयोगका अनुसार सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा अनुसन्धान गर्ने भन्दै कागजात तयार गरी वन कार्यालयमा लगेपछि मुद्दा मिलाउने भन्दै पौडेलले ४० हजार रुपैयाँ माग गरेका थिए । घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियारको टंगालबाट खटिएको टोलीले पौडेललाई घुस लिँदै गर्दा पक्राउ गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्