×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक र टेलेउपचार डटकमबीच सम्झौता, ग्राहकहरुले टेलेउपचारको सेवामा १० प्रतिशत छुट पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी बैंक र टेलेउपचार डटकमबीच सम्झौता, ग्राहकहरुले टेलेउपचारको सेवामा १० प्रतिशत छुट पाउने

Artha Sarokar

२४ जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कुमारी बैंक तथा टेलेउपचार डटकमका बीचमा आफ्ना ग्राहकलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवसायिक सहकार्य गर्ने समझदारी भएको छ । यस सम्झौता अन्तर्गत कुमारी बैंकका ग्राहकले टेलेउपचार डटकमको सेवा प्राप्त गरी कुमारी बैंकको डिजिटल उपकारण प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । कुमारी बैंकको आधिकारिक एप “कुमारी स्मार्ट” वा कुमारी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा बैंकमा खाता भएका ग्राहकलाई टेलिउपचार डटकमबाट १० प्रतिशत छुट प्रदान गरिनेछ ।
टेलेउपचारमा सुरक्षित रूपमा आफूले रोजेका डक्टर वा चिकित्सकहरूसँग अनलाइन परामर्श लिन सकिन्छ । टेलेउपचारको वेबसाइट वा मोबाइल एपबाट डाक्टरहरूसँग समय लिई छिटोभन्दा छिटो स्वास्थ्य सेवा प्राप्त गर्न सकिन्छ । अहिलेको कोभिड महामारीको विषम परिस्थितिमा सम्पूर्ण ग्राहकलाई सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षित रहन अनुरोध गर्दै बैंकका ग्राहकले भौतिक उपस्थिति बिना सहज र सुरक्षित स्वास्थ्य सेवा लिन यो सुविधाबाट सहयोग पुग्नेमा कुमारी बैंक लिमिटेड विश्वस्त रहेको छ ।
बैंकले आफ्ना देशव्यापी १९४ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी