
लहान । सिरहाको लहान नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि कूल एक अर्ब ९४ करोड ४४ लाख १५ हजार ३९८ बजेट पारित गरेको छ । नगरसभाबाट पारित नीति तथा कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख मुनी साहले कूल बजेटमध्ये चालुतर्फ ८२ करोड ३९ लाख ४० हजार र पुँजीगततर्फ एक अर्ब १२ करोड ४ लाख ७५ हजार ३५८ रहेको बताउनुभयो ।
उहाँले आन्तरिक श्रोततर्फ ६२ करोड ११ लाख ८१ हजार, नगद आयतर्फ रु ४० करोड, सामानीकरण अनुदानतर्फ २२ करोड ३१ लाख, सशर्त अनुदान चालुतर्फ ३४ करोड ५२ लाख, सशर्त अनुदान पुँजीगततर्फ २ करोड २ लाख, विशेष अनुदान पुँजीगततर्फ २ करोड ८३ लाख, समपूरक अनुदान पुँजीगततर्फ रु १ करोड १४ लाख र राजस्व बाँडफाँडतर्फ १३ करोड ९६ लाख गरी कूल एक अर्ब ९४ करोड ४४ लाख १५ हजार ३९८ बजेट पारित भएको जानकारी दिनुभयो ।
बजेटमा नगरपालिकाको मुख्य बजारलाई कलर सिटी बनाउन रु एक करोड, कृषकलाई विद्युत् महसुल निःशुल्क गर्न ७० लाख, सार्वजनिक ऐलानी जग्गा नियन्त्रण, संरक्षण तथा विकासका लागि रु एक करोड, ज्येष्ठ नागरिक तथा एकल महिलाका लागि रु १० लाख, टोल विकास सुधार सञ्चालन परिचालनका लागि ३० लाख, उद्योग तथा कृषिमा आधारित युवा रोजगारका लागि २५ लाख र महिला उद्यम विकासका लागि १५ लाख विनियोजन भएको उहाँको बताउनुभयो ।
यसैगरी आँपको राजधानीका रुपमा चिनिएको लहानको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन ‘आँप पार्क’ निर्माण गर्ने नीति नगरपालिकाले लिएको छ । त्यस्तै एतिहासिक तथा धार्मिक पर्यटकीय पहिचान बोकेका सलहेश, राजदेवी, दिनाभद्री, ब्रहमान स्थान, देवीदहलगायत स्थानको संरक्षण, सम्वद्र्धन र विकासका लागि आवश्यक बजेट विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुषालले जानकारी दिनुभयो । यसैगरी सिरहाको सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ४९ करोड ३३ लाख ६५ हजार बजेट पारित गरेको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्