
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालको पहिलो सुचना प्रविधी कलेज लर्ड बुद्ध एजुकेसन फाउण्डेसन (LBEF) क्याम्पसका संस्थापक परमानन्द केजरीवालको निधन भएको छ । उनको ६६ वर्षको उमेरमा काठमाडौंमा आईतबारका दिन असामयिक निधन भएको हो । केजरीवालको जन्म १२ जुलाई १९५५ मा जनकपुरधाममा भएको थियो । शिक्षाप्रेमी केजरीवालले नेपालमा आधुनिक शिक्षा को विकास गर्नको लागी सन् १९९८ मा लर्ड बुद्ध एजुकेसन फाउण्डेसनको स्थापना गरेका थिए ।
लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध भई नेपालमै सस्तो र सुलभ तरिकाबाट सुचना प्रविधि, व्यापार व्यवस्थापन र जैविक प्रविधि जस्ता अत्याधुनिक विषयहरुको पठन पाठन गर्दै आइरहेको छ । संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्