
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । माछापुच्छ्रे बैंक र दराज अनलाइन बजारबीच सम्झौता भएको छ । यससँगै बैंकका ग्राहकले अनलाइन बजार दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्मको छुट पाउने भएका छन् । बैंकका कार्ड मार्फत पेमेन्ट गरे बापत ग्राहकले १५ प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्मको छुट पाउने भएका हुन् ।
बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले असार ३ गतेदेखि दराजमा सामान खरिद गरि कार्ड मार्फत पेमेन्ट गरे बापत १५ प्रतिशतसम्मको छुट पाउन सक्ने भएका छन् । बैंकका कार्ड प्रयोगकर्ताले हरेक बिहिबार दराज एप मार्फत यो छुट प्राप्त गर्न सक्नेछन् । माछापुच्छ्रे बैंकको डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत अथवा अधिकतम ५०० रुपैयाँ सम्मको छुट र क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्मको छुट पाउन सक्नेछन् ।
छुट उपभोग गर्नको लागि आफ्नो कार्डमा इकमर्श एक्टिभेट गर्नुपर्ने छ । यस्तै ग्राहकले माछापुच्छ्रे बैंकको क्रेडिट कार्डको लागि पनि आवेदन दिन सक्ने र क्रेडिट कार्ड भुक्तानमा अधिक छुट पाउन सक्नेछन् । यसका साथै बैंकले दराजसंगको साझेदारीमा शून्य प्रतिशत ईएमआई सुविधा पनि ल्याएको छ । जसमा क्रेडिट कार्ड प्रयोगकर्ताले क्रेडिट कार्डमार्फत गरेको खरिदलाई शून्य प्रतिशत ईएमआईमा परिवर्तन गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्