
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले महालक्ष्मी मिस्ड कल सेवा सञ्चालनमा ल्याएको छ । कोभिड-१९ को महामारीको जोखिमलाई न्यूनीकरण गर्ने हेतुले आफ्ना ग्राहकहरुलाई घरमै बसी आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने तथा ग्राहक र बैंकबीचको सम्बन्धलाई सहज बनाउने उद्देश्यले बैंकले महालक्ष्मी मिस्ड कल सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकले संचालनमा ल्याएको यस सेवामा ग्राहकहरुले कुनै पनि बैंकिङ सेवा, बैंकको शाखाहरुको बारेमा जानकारी तथा बैंकको बचत तथा कर्जा सम्बन्धि कुनै पनि जानकारी आवश्यक परेमा मोवाईल नम्बर ९८४७३८७५२४ मा मिस्ड कल गर्न सक्नेछन् र बैंकका प्रतिनिधिले सम्बन्धित ग्राहकलाई फोन गरीकल ब्याक जानकारी उपलब्ध गराउने छन् ।
यस सेवामा ग्राहकहरुलाई बैंकका प्रतिनिधिले डिजिटल बैंकिङ्गको प्रयोग बिधि तथा त्यसको उपयोगीताको बारेमा पनि जानकारी गराउनुको साथै बैंकसँग सम्बन्धित कुनै पनि समस्या वा सुझाव भएमा सो जानकारी लिई उचित समाधान गर्नेछन् । बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकहरुलाई मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आइपिएस क्यूआर कोड लगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु बँच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्