
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायितव अन्तर्गत शहरी क्षेत्रको नजिकै रहेता पनि ओझेलमा परेको भरतपुर महानगरपलिका वडा नं. ११ बसेनीस्थित गणेशस्थानका स्थानीय बासिन्दाहरुलाई कोभिड-१९ को जोखिमलाई न्यूनीकरण गर्ने अभिप्रायले मास्क, सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ । उक्त स्वास्थ्य सामाग्रीहरु बैंकको नारायाणगढ शाखाका शाखा प्रमुख विरेन्द्र चौधरीले एक कार्यक्रमकाबीच वडा नं ११ का वडा सदस्य चिन्तामणी लम्साल र गणेश स्थान टोल विकास समितीका अध्यक्ष राजन कुमार श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
टोल विकास समितीका अध्यक्ष राजन कुमार श्रेष्ठले कोभिडको महामारीलाई नियन्त्रण गर्न बैंकले गणेशस्थानका बासिन्दाहरुलाई मास्क, स्यानीटाईजर लगायत स्वास्थ्य समाग्री वितरण गरी समाजिक उत्तरदायित्व पुरा गरेको भनी खुशी ब्यक्त गर्दै धन्यवाद ज्ञापन गरे । बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकहरुलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आइपीएस ,क्यूआर कोड लगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्