×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

शिक्षामन्त्री श्रेष्ठले आजबाट स्वास्थ्य तथा जनसंख्या, श्रम तथा रोजगार र वन तथा वातावरण मन्त्रालयको कार्यभार सम्हाल्दै

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षासहित ४ मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्री श्रेष्ठले आज शुक्रबारबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्ने भएका हुन् । 
उनले स्वास्थ्य मन्त्रालयमा साढे १२ बजे, श्रम मन्त्रालयमा २ बजे र वन मन्त्रालयमा साढे ३ बजे पदभार ग्रहण गर्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरेसँगै २५ सदस्यीय मन्त्रिपरिषद हाल पाँच सदस्यमा कायम छ ।
मन्त्रिपरिषद सदस्यहरुलाई प्रधानमन्त्री ओलीले बिहीबार मन्त्रालय बाँडफाँड गरेका थिए । रक्षा र परराष्ट्र मन्त्रालय भने प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal