×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

निषेधाज्ञा थप्ने तयारी, सार्वजनिक यातायात चल्लान् त ?

SAGARMATHA CEMENTS
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप्ने तयारी भएको छ । उपत्यकाका ३ जिल्ला काठमाडौँ, लतिलपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को आज अपराह्न ४ बजे बस्ने बैठकले निषेधाज्ञा केही खुकुलो बनाउँदै एक लम्ब्याउने विषयमा निर्णय गर्ने बताइएको छ ।
बैठकले थप गरिएको निषेधाज्ञामा स्वास्थ्य मापदण्ड अपनाएर सार्वजनिक यातायात पनि चल्न दिने विषयमा छलफल गर्ने पनि बताइएको छ । यता राष्ट्रिय यातायात व्यवसायी महासंघले पनि सार्वजनिक यातायात सञ्चालनमा गर्न दिनुपर्ने माग गर्दै आएको छ।
थप गरिने निषेधाज्ञाको अवधिमा अन्य कुरा भने पहिलेजस्तै नै यथावतै राखिने भएको छ । यसअघिको निषेधाज्ञा अवधि असार १४ गते राति १२ बजेबाट सकिँदैछ। उपत्यकासहित अधिकाशं स्थानमा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal