×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

मेगा बैंक र दराजबीच सम्झौता, ग्राहकहरुले सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मेगा बैंक लिमिटेडक र दराजबीच सम्झौता भएको छ । बैंकले डिजिटल बैंकिङ अन्तर्गत नगदबिहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राखी दराजसँग सम्झौता गरेको हो । यससँगै बैंकका ग्राहकहरुहरुले दराज डटकमबाट सामान खरिद गर्दा हरेक बिहीबार १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
कोभिड-१९ बाट उत्पन्न विशेष परिस्थितिलाई ध्यानमा राख्दै बैंक र दराज डटकमबीच बैंकका ग्राहकहरुलाई विशेष छुटमा सहज र सुरक्षित रुपमा घरमै सामान पुर्याउने सम्झौता भएको हो । सम्झौताअनुसार बैंकका डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले दराजबाट सामान खरिदमा १५ प्रतिशतसम्म अथवा बढीमा ५ सयसम्म छुट पाउने भ्रएका छन् ।
दराज डटकमको बेभसाइट तथा मोबाइल एप्समार्फत सामान अर्डर गरी घरमै सामान प्राप्त गर्न सकिन भएको छ । दराजसँगको सम्झौताको लाभ लिँदै सहज र सुरक्षित रुपमा बिना झन्झट घरमै बसी सामान खरिद गर्न मेगा बैंकले आफ्ना ग्राहकहरुलाई अनुरोध पनि गरेको छ ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal