Skip to content
LAXMI SUNRISE BANK

मिर्मिरे लघुवित्त वित्तीय संस्थाका नव नियुक्त संचालकहरुले लिए सपथ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काभ्रे । मिर्मिरे लघुवित्त वित्तीय संस्थाका नव नियुक्त संचालकहरुले सपथ ग्रहण गरेका छन् । संस्थापक समूहको रिक्त रहेको संचालकमा जनक बोहरा तथा स्वतन्त्र संचालकमा प्रविण भट्टराईलाई आगामी साधारण सभामा अनुमोदन हुने गरि संचालक समितिले नियुक्त गरेको हो ।
संस्थाको केन्द्रीय कार्यालय बनेपामा संस्थाका अध्यक्ष टेक बहादुर बोहराले वहाँहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । नव नियुक्त संचालक बोहरा सशस्त्र प्रहरी वल बरिष्ठ प्रहरी उपरीक्षक अवकाश प्राप्त छन् भने प्रविण भट्टराई नेपाल राष्ट्र बैंकबाट अवकाश प्राप्त छन् । केन्द्रीय कार्यालयमा विभागिय प्रमुखहरु, कार्यकारी अधिकृतहरु तथा संचालकहरु सञ्जू घिमिरे लगायतले नव नियुक्त संचालकहरुलाई स्वागत गरेका थिए।
सपथ ग्रहण कार्यक्रममा अध्यक्ष टेक बहादुर बोहराले नयाँ नियुक्त भएका संचालकहरुको लामो समयको अनुभव र क्षमताले संस्थालाई अझ बलियो बनाएर अगाडी बढाउन सफल हुने बताए छन् । त्यस्तै नव नियुक्त संचालकद्धय जनक बोहरा र प्रविण भट्टराईले मिर्मिरे परिवारले आफूहरुलाई विश्वास गरेर संचालक समितिमा नियुक्ति दिएकोमा आभारी रहेको र आफ्नो क्षमताले सदैव संस्थालाई अगाडी बढाउन सहयोग रहने बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK