×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकको एटिएम तोडफोड, एक पक्राउ !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनआईसी एशिया बैंकको एटिएम तोडफोड, एक पक्राउ !

१४ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
मोरङ। एनआईसी एशिया बैंकको एटिएम तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन् । मोरङको बुढीगंगा गाउँपालिका-३ टंकी चोकस्थित बैंकको एटिएम तोडफोड गरेको आरोपमा सुनसरी दुहबी नगरपालिका-९ घर भएका २४ वर्षीय मो. ईम्तियाज पक्राउ परेका हुन् ।
सिआरभी पोष्ट बाँसबारीबाट खटिएको प्रहरीले उक्त एटिएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट प्रहरीले १ थान ताला फोड्न प्रयोग भएको हथौडा, १ थान पेचकस, १ थान छिनो र को.३९ प ४८६४ नम्बरको मोटरसाइकल बरामद गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी