
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नबिल बैंक र युनाइटेड फाइनान्सको विषेश साधारणसभा सम्पन्न भएको छ । दुई कम्पनीको उक्त साधारणसभा असार ५ गते शनिबार भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । उक्त सभाले नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति÷एक्विजेशन गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले युनाइटेड फाइनान्सको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको १०० बराबर ३५ को सेयर स्वाप रेसियो लाई स्वीकृति दिएको छ । नबिल बैंकले युनाइटेड फाइनान्सलाई १००ः३५ स्वाप रेसियोमा प्राप्ति गर्ने भएको छ । यससँगै फाइनान्सका सेयरधनीहरुले युनाइटेड फाइनान्सको १०० कित्ता बराबर नबिल बैंकको ३५ कित्ता सेयर पाउने भएका छन् ।
यस्तै सभामा प्राप्ति प्रयोजनका लागि भएका काम कारबाही, पुँजी संरचना, प्रबन्धपत्र तथा नियमावली संशोधनका सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा सोहीबमोजिम संशोधन वा परिमार्जनसमेतका सम्पूर्ण कार्यहरु गर्न सञ्चालकलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित भएको छ । युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पछि नबिल बैंकको चुक्तापूँजी १३ अर्ब ८४ करोड रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्