×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकको एटिएम तोडफोड गर्ने १८ वर्षीय किशोर पक्राउ (EXCLUSIVE तस्विरहरुसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नबिल बैंकको एटिएम तोडफोड गर्ने १८ वर्षीय किशोर पक्राउ (EXCLUSIVE तस्विरहरुसहित)

२५ जेष्ठ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
उदयपुर । नबिल बैंकको एटिएम तोडफोड गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा प्रहरीले त्रियुगा नगरपालिका–३ बस्ने भारत मधुवनी ग्राम पञ्चायत लौकाहा घर भएका १८ वर्षीय किशोरलाई सोमबार राती पक्राउ गरेको हो ।
अपरिचित व्यक्तिहरुले तोडफोड गरिरहेको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले एटिएम मेसिन तोडफोडमा संलग्नलाई नियन्त्रणमा लिएको हो । तोडफोडमा संलग्न फरार अन्य व्यक्तिहरुको खोजी भइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: