
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले निःशुल्क अनलाईन डिम्याट तथा मेरो शेयर खाता खोल्ने सुविधा सञ्चालनमा ल्याएको छ । लिमिटेडले शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको स्वास्थ्यको ख्याल गरी चालु आर्थिक वर्षको आषाढ मसान्तसम्मको लागि मात्र निःशुल्क अनलाईन डिम्याट तथा मेरो शेयर खाता खोल्ने सुविधा संचालनमा ल्याएको हो ।
प्राथमिक शेयरको आवेदन भर्नका लागि डिम्याट खाता अनिवार्य रुपमा आवश्यकता पर्ने भएकोले प्राथमिक निष्काशनमा लगानी गर्न चाहने लगानीकर्ताहरुको लागि यो सेवा निकै नै फलदायिक हुने नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।
सेवा ग्राहीले सहज, छिटो तथा छरितो तरिकाले डिम्याट खाता खोल्न सकुन भन्ने उद्देश्यले यस कम्पनीले अनलाईनबाट नै डिम्याट खाता खोल्ने व्यवस्था मिलाएको छ, जसका लागि खाता खोल्न चाहने व्यक्तिहरुले नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडको वेबसाईट .http://www.nabilinvest.com.np मा गई अनलाई डिम्याट भित्र http://onlinedemat.nabilinvest.com.np मा क्लिक गरी खाता खोल्न सकिने व्यवस्था मिलाईएको जानकारी गराईन्छ ।
ग्राहकको सम्पूर्ण जानकारीहरु रेफरेन्स नम्बरबाट खोज्न सकिने भएकोले यसरी खाता खोलेपछि प्राप्त हुने रेफरेन्स नम्बर खातावालाले सुरक्षित राख्नु पर्नेछ । यसरी आफुले अनलाईनबाट डिम्याट खाताको लागि अनुरोध गरेको केही समयभित्र ग्राहकलाई खाता नम्बर उपलब्ध गराईनेछ । यसरी प्राप्त हुने निःशुल्क डिम्याट सेवा केवल अनलाईनबाट खाता खोल्नेहरुको लागि मात्र लागु हुने जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्