
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा अब जेठ २३ गते हुने भएको छ । कम्पनीले पुनः सूचना जारी गर्दै सभा रानीबन पार्टी ल्यालेस एन्ड रेष्टुरेन्ट, नागार्जुनमा बोलाएको हो । सभामा डिप्रोक्स लघुवित्तमा विलय हुने सम्बन्धी भएका सबै कार्यहरुलाई अनुमोदन गर्ने तथा नियामकको निर्देशन बमोजिम प्रबन्धपत्र संशोधन गर्नुपनेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पेश हुनेछ ।
यसअघि जारी गरेको साधारण सभा सम्बन्धी सूचनामा भने नाडेपले हाल कायम रहेको सेयर संरचना परिमार्जन गरी ५१ः४९ बनाउने प्रस्ताव राखेको थियो । तर पछिल्लो पटक सार्वजनिक भएको सूचनामा भने उक्त प्रस्ताव हटाएको छ । सभामा लाभांश वितरण सम्बन्धी एजेन्डा भने छैन ।
यता डिप्रोक्स र नाडेप लघुवित्तबीच एक्विजिसन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ । एक्विजिसन प्रक्रियामा रहेकाले गत पुस १७ गतेदेखि नाडेपको सेयर कारोबार बन्द छ । तसर्थ, पुस १६ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्