Skip to content
LAXMI SUNRISE BANK

आइएमई फाउन्डेसनद्धारा नेपाल सरकारलाई ३ करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरण सहयोग

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आइएमई फाउन्डेसनले नेपाल सरकारलाई स्वास्थ्य उपकरण सहयोग गरेको छ । फाउन्डेसनले कोभिड-१९ को रोकथाम तथा उपचारका लागि करिब ३ करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई सहयोग गरेको हो । आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई संयुक्त रुपमा ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।
फाउन्डेसनले कास्कीको पोखरास्थित गण्डकी प्रादेशिक अस्पताललाई २० थान, रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताललाई २० थान, कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई २० थान र काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी अस्पताललाई गरी जम्मा ८० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो । र फाउन्डेसनले जनता स्वास्थ्य केन्द्रद्वारा सञ्चालित आइसोलेसन सेन्टरलाई १५ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।
यसका अतिरिक्त फाउन्डेसनले शुक्रराज सरुवारोग अस्पताल, टेकुमा करिब १ करोड २८ लाख रुपैयाँबराबरको अक्सिजन प्लान्ट स्थापनाका लागि पनि प्लान्ट अर्डर पनि गरिसकेको छ । आइएमई फाउन्डेसन आइएमई ग्रुपअन्तर्गत सञ्चालित एक मुनाफारहित परोपकारी संस्था हो । फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । यसका साथै फाउन्डेसनले विभिन्न समयमा मुलुकमा आइपर्ने स्वास्थ्य तथा प्राकृतिक प्रकोपहरुमा नेपाल सरकार तथा विभिन्न गैरसरकारी संघसंस्थाहरुसँग हातेमालो गर्दै अघि बढीरहेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK