×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल आयो जर्मनीले दिएको कोरोनाको खोप, छिट्टै लगाउन पाइने जनताको ‘होप’ ! (भिडियो रिपोर्ट)

PRIME CA

नेपाल आयो जर्मनीले दिएको कोरोनाको खोप, छिट्टै लगाउन पाइने जनताको ‘होप’ ! (भिडियो रिपोर्ट)

अर्थ सरोकार

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौं । जर्मनीले नेपाल सरकारलाई कोभिड-१९ विरुद्ध आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । मंगलबार नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गर्नुभएको हो । जर्मनीले प्रदान गरेको स्वास्थ्य सामग्रीहरुमा ११२ थान भेन्टीलेटर, २० लाख ६८ हजार ५०० थान के ९५ मास्क, २९ हजार थान पल्स अक्सिमिटर, ३ करोड ४० लाख ३० हजार थान सर्जिकल मास्क, ५ आइसोलेसन सेन्टर टेन्ट, ४०० गमबुट र २५ हजार लिटर हातमा प्रयोग हुने किटनाशक औषधिहरु रहेको नेपालका लागि जर्मनी राजदुतावासले जनाएको छ । जर्मनी सहयोग लिदैँ स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले जर्मन सरकार नेपालको लामो समयदेखिको विकास साझेदार र असल छिमेकी रहेको उल्लेख गर्दै ठुलो परिणाममा स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोमा धन्यवाद व्यक्त गरे ।
सहयोग हस्तान्तरण गर्दै नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफरले जर्मनीले प्रदान गरेको सहयोग युरोपेली प्रयासको एक हिस्सा भएको बताउनुभयो । उहाँले वास्तविक रुपमा आवश्यक परेको ठाउँमा उक्त स्वास्थ्य सामग्रीहरु पुग्नेमा विश्वास पनि व्यक्त गर्नुभयो । राजदुत सेफरले इयुले ९० देशहरुमा २४ करोड खोप निकासा गरीसकेको जानकारी दिदै कम आय भएका देशहरुलाई कम मूल्यमा कोभिड विरुद्धको खोप पुर्याउने प्रतिबद्धता जनाएको पनि बताउनुभयो । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: