×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

झनै परिस्कृत बन्यो लोकप्रिय एप . ‘नेपाली पात्रो’, रेडियो, मौसम र कुण्डली सेवा सुरु

BIZBAZAR

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपालकै सर्वाधिक लोकप्रिय एप नेपाली पात्रोले मौसम विवरणको जानकारी, कुण्डली र रेडियो सेवा सुरु गरेको छ । कम्पनीले प्रयोगकर्तालाई अझ सजिलो र सुबिधा दिनका लागि सो सेवा सुरु गरेको हो । अव नेपाली पात्रोका प्रयोगकर्ताले आफ्नो मोबाइलमा नेपालको जुनसुकै स्थानीय तहको स्थान सेट गरी त्यस स्थानको ४८ घण्टे मौसम विवरण एपमार्फत मार्फत लिन सक्नेछन् । भने १ हप्ताको मौसम विवरण समेत अगावै लिन सक्नेछन् ।
यससँगै प्रयोगकर्ताले आफ्नो जन्म मिती तथा स्थान प्रदान गरी सजिलै कुण्डली बनाउन सक्नेछन् । जसअनुसार प्रयोगकर्ताले आफ्नो साढेसाती, दशा, महादशा, अन्त्रदशा, प्रत्यन्तरदशा तथा अरु अन्य दशाको का बारेमा थाहा पाउन सक्नेछन् । साथै ज्योतिष सेवाको परामर्श लिन चाहेमा प्रयोगकर्ताले नेपाली पात्रोका विशेषज्ञबाट परामर्श लिन सक्नेछन् ।
नेपाली पात्रो एपकै सबैभन्दा लोकप्रिय समाचार पढ्न सकिने फिचरलाई अझ सबिधायुक्त बनाउनका लागि कम्पनीले समाचार पाठकहरुमा रेडियो पनि सुन्न मिल्ने सुबिधा थप गरेको छ । नेपाली पात्रो अडियोमा रेडियो नेपाल, रेडियो सिटी साथै करिब १ दर्जन विभिन्न रेडियो समावेश गरिएको छ भने, भविष्यमा अझै धेरै रेडियो स्टेसन समावेश गर्ने नेपाली पात्रो टिमको धारणा रहेको छ ।
यी सुविधाहरूको डेभलपमेन्टको काम सक्किएको छ भने विस्तारै सबै प्रयोगकर्ताको मोबाइलमा जेठको अन्तिम हप्ता भित्र अपडेट हुनेछ ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal