×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

झिनो अंकले घट्यो नेप्से, ५ अर्ब ८३ करोडमाथिको कारोबार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार नेप्से झिनो अंकले घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ४.१३ अंकले घटेर २८२३.८७ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२० कम्पनीको १ करोड ६२ लाख ४८ हजार १०० कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ८३ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार नेपाल इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ३० करोड ४२ लाखमाथिको कारोबार भएको छ । आज ६ समुह बढेका छन् भने अरु सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा पोखरा फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: